आज दिउँसो देशभर बदली,केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Jhalkonepal

काठमाडाैँ, भदौ 

मौसम पूर्वानुमान् महाशाखाले आज दिउँसो देशभर बदली भएर सबै प्रदेशका केही ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

मनसुनी प्रणालीको प्रभावका कारण अहिले पनि देशका सबैजसो ठाउँमा आंशिकदेखि पूर्ण बदली रहेको छ । दिउँसो धेरैजसो ठाउँमा मौसम नखुल्ने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ ।

दिउँसो मधेश प्रदेशमा तुलनात्मकरुपमा पानी कम पर्ने र बाँकी प्रदेशका धेरैजसो ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ । यस्तै राति भने गण्डकी, कर्णाली, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही ठाउँमा अति ठूलो वर्षा र धेरै ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको छ । पछिल्लो १२ घण्टामा देशभर सामान्य वर्षा भएको छ ।

 

प्रतिक्रिया