पोखरामा आज बाट फेवा महोत्सव शुरु हुदै

Jhalkonepal

पोखरा, चैत्र ३०

पोखरामा आज देखि २० औ फेवा महोत्सब शुरु हुदैछ । होटल सङ्घ पोखराले फेवा महोत्सव सञ्चालन गरेको छ । महोत्सव तिन दिन सम्म (वैशाख १ गते) सम्म चल्ने छ ।

नया वर्ष २०८२ मा  पोखरा आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट गर्दै छन् । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ । पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

सङ्घका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए ।

महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए ।

प्रतिक्रिया