काठमाडौँ,
भदाै ३०
सहकारीको बचत अपचलन छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिले
प्रतिवेदनलाई तयार गरेर भोलि (सोमबार)को प्रतिनिधि सभा बैठकमा पेस गर्ने तयारी
गरेको छ ।
तीन महिना अघि संसद्बाट गठन भएको समितिले प्रतिवेदन लेखन
कार्यलाई अन्तिम चरणमा पुर्याएको हो ।
‘आज सबै काम सकेर भोलिको संसद् बैठकमा
प्रतिवेदन पेस गर्ने हाम्रो प्रयास हो । हामी प्रतिवेदनलाई अन्तिम रूप दिन
लागिपरेका छौँ‚’ समितिका एक सदस्यले भने ।
समितिले प्रतिवेदन तयार पार्न कार्यक्षेत्र (टीओआर)मा उल्लेख
गरिएका २९ सहकारीका पदाधिकारीसहित सम्बन्धित निकायसँग छलफल र स्थलगत अध्ययन समेत
गरेको थियो ।
२९ भदौ २०८१, आईतबार ०४:२८ मा प्रकाशित