आजको मौसम कहाँ कस्तो छ ?

Jhalkonepal

काठमाडौँ,असार १३

देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।

आज दिउँसो देशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम लगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका साथै कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया