काठमाडाैंँ, असोज २३
बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज बुधबार
घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ ।
आजका
दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।
आज बिहानैदेखि उपत्यकाको गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, शोभा भगवती, नक्साल
भगवती, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना
गरिँदै छ ।
नवरात्रको छैटौं दिन अष्टमातृका भगवतीको छैठौं
शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । कात्यायिनी
भगवतीको पुजा गरेमा रोग शोक भय दुख दरिद्र जस्ता संकट नाश हुने धार्मिक बिश्वास
रहेको पाइन्छ ।
धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या
नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रुपमा भगवतीले जन्म लिएको हुनाले
उनको नाम कात्यायिनी रहन गएको कथन रहेको छ । तिनै कात्यायिनीले महिशासुरको
बध गरेको शास्त्रीय मान्यता रहेको छ ।
दशैंमा नौ दिनसम्म शक्तिपीठ तथा दशैंघरमा पूजा
अर्चना सहित दूर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ ।
पहिलो दिन शैल्यपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ
दिन स्कन्द माता,
छैठौं दिन कात्यायनी, सातौं
दिन कालरात्री,
आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको
पूजा गरी दशैंमा शक्ति पूजा गर्ने प्रचलन छ ।