काठमाडौं साउन २७
ब्राजिलमा यात्रुवाहक विमान दुर्घटना हुँदा ६१ जनाको मृत्यु भएको छ।
ब्राबिमान साओ पाउलो नजिक विन्हेडो सहरमा शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे वोयपास एयरलाइन्सको एटीआर-७२ जहाज दुर्घटना हुँदा त्यसमा सवार सबै यात्रुको मृत्यु भएको हो।
जहाजमा ५७ यात्रु र चालक दलका ४ सदस्य रहेको एयरलाइन्सलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
समाचार संस्था रोयटर्सका अनुसार विमान पराना राज्यको कास्केवेलबाट साओ पाउलोको अन्तर्राष्ट्रिय विमानस्थल जाँदै थियो। साओ पाउलोमा सेमिनारमा भाग लिन जाँदै गरेका डाक्टरहरू उक्त जहाजमा सवार थिए। साओ पाउलोबाट लगभग ८० किलोमिटर उत्तरपश्चिम विन्हेडो शहरस्थित एउटा घरनजिकै जहाज खसेर दुर्घटना भएको हो।
२५ साउन २०८१, शनिवार ०१:४५ मा प्रकाशित