काठमाडौँ, असार १४
सभामुख देवराज घिमिरेले आज बिहान साढे १० बजे प्रमुख तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दैछन् ।
नयाँ बानेश्वरस्थित संसद् भवनमा हुने छलफलमा सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका मुख्य सचेतकहरूलाई बोलाइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक परेकाले सभामुखले रास्वपाका प्रमुख सचेतकसँग भने उनीहरूको बैठकपछि छुट्टै छलफल गर्ने तय भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
१३ असार २०८२, शनिवार ०८:३२ मा प्रकाशित