भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय

Jhalkonepal

काठमाडाैं, चैत २९

भियतनामी अर्बपति ट्रोङ माइ लानलाई मृत्युदण्डको सजाय भएको छ।

बिहीबार हो ची मिन सहरको पिपल्स कोर्टले घर जग्गा कारोबार गर्ने टाइकूनका रूपमा परिचित ६७ वर्षीया लानलाई मृत्युदण्डको सजाय सुनाएको बिबिसीले जनाएको छ। 

उनी घर-जग्गाको कारोबार गर्ने संस्था भान थिन्ह फाटकी अध्यक्ष समेत हुन्।

उनीमाथि घुसखोरी, बैंकका नीति नियमको उल्लंघन र रकम हिनामिना गरेको आरोप छ। उनले ११ वर्षको अवधिमा भियतनामको ठूलो बैंक साइगोन कमर्सियल बैंकबाट २७ अर्ब घोटाला गरेको बिबिसीको समाचारमा उल्लेख छ। 

लानले उक्त बैंकबाट ४४ अर्ब डलर ऋण लिएको तर २७ अर्ब फिर्ता गर्न कठिन हुने अभियोजनकर्ताहरूले बताएका छन्। 

देशमा अहिलेसम्मकै सबैभन्दा धेरै घोटाला भएको यस घटनामा ४२ हजार पीडित छन्। अभियोजनकर्ताहरूले लानसँग सम्बन्धित एक हजार सम्पत्ति जफत गरेको छ।

प्रतिक्रिया