काठमाण्डौ, कार्तिक १०
आज
काठमाडौँमा नेकपा
माओवादी केन्द्रले खबरदारी सभा आयोजना गर्दैछ । केपी शर्मा ओली सरकारको सय दिन
पूर्णतः असफल रहेको निष्कर्ष निकाल्दै माओवादीले काठमाडौँमा खबरदारी सभा गर्न लागेको
हो।
बिहान ११
बजे काठमाडौँ मलमा जम्मा हुन नेता तथा कार्यकर्ताहरू निर्देशन दिएको छ। त्यहाँबाट
बाजा, झाँकीसहित ब्यानरको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल
‘प्रचण्ड’सहित पदाधिकारीले गर्नेछन्।
जुलुस भद्रकाली, सहिद गेट
हुँदै काठमाडौँ मलमा जम्मा हुनेछ। सबै जम्मा भएपछि रत्नपार्क, बागबजार, प्रदर्शनी
मार्ग हुँदै भृकुटीमण्डपमा आएर खबरदारी सभामा परिणत हुने छ। अध्यक्षसहित पदाधिकारी, प्रदेशका अध्यक्षहरू ब्यानरमा रहनेछन्। झण्डा, व्यानहरूको सबै तयारी पूरा भइसकेको छ।
जुलुस बागबजार, प्रदर्शनी
मार्ग हुँदै १२:३०
मा भृकुटीमण्डपमा विरोध सभामा परिणत हुने छ। करिब २ घण्टामा कार्यक्रम सकिने छ।
जुलुसमा उपत्यका भित्रबाट मात्र नेता कार्यकर्ता सहभागी हुनेछन्। सभामा करिब २५
देखि ३० हजारसम्म सहभागी हुने आकलन गरिएको छ।
९ कार्तिक २०८१, शनिवार ०७:०४ मा प्रकाशित