हात्ती बाट बच्न प्रशिक्षण

Jhalkonepal
 
सुनसरी,  मंसिर ३०

पूर्वी तराइका जिल्लामा हात्ती आवतजावतको क्रम बढेसङै  प्रभावित क्षेत्रका स्थानीयलाई हात्ती बाट बच्न प्रशिक्षण दिन थालिएको छ ।
उज्यालो नेपाल नामक संस्थाको सहयोगमा डिभिजन बन कार्यालय मार्फत अन्य सरोकारवाला सङ्घसंस्थाको पहलमा मानव र हात्तीको सहअस्तित्वका लागी जनचेतनामूलक कार्यक्रम कोशी प्रदेशको झापा, मोरङ र सुनसरीको प्रभावित क्षेत्रहरुमा गरिएको हो  ।

मानव र हात्तीको सहअस्तित्वका लागी प्रभावित क्षेत्रमै पुगेर प्रशिक्षण थालिएको कोशीटप्पु वन्यजन्तु आरक्षका संरक्षण अधिकृत रमेश यादवले बताउनुभयो । 
हात्ती विज्ञ सहितको टोलीले कोसी प्रदेशको झापा, मोरङ र सुनसरीको हात्ती प्रभावित क्षेत्रहरूमा प्रशिक्षण दिइरहेको छ ।  
हात्तीलाई नचलाएसम्म मान्छेमाथि आक्रमण नगर्ने भएकाले हात्तीको आनीबानी र मानिसले अपनाउनु पर्ने सावधानीका बारेमा स्थानीयलाई प्रशिक्षणमा बताइएको छ । 

पछिल्लो समय कोशी प्रदेशका तीन जिल्लामा हात्तीको आतङ्क नरोकिएपछि किसान चिन्तित बनेका छन् । 
 सुनसरीको इटहरी २ स्थित हात्ती प्रभावित क्षेत्रमा भएको यो कार्यक्रममा हात्ती प्रभावित क्षेत्रका किसान, नेपाली सेनाका जनशक्ति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
भारतको आसमवाट आएको हात्तीको आक्रमण वाट कोशीका तीन जिल्लामा एक महिनाको अवधिमा पाँच जनाले ज्यान गुमाइसकेका छन् भने  किसानको धेरै  अन्नबालीमा क्षती  पुगेको छ ।  

प्रतिक्रिया