काठमाडौं, भदाै १
पशुपतिनाथ परिसरमा एक महिनादेखि जारी कोटिहोममा आयोजकले
भड्काउ अभिव्यक्ति दिएका छन् ।
शुक्रबार कार्यक्रम समापनका क्रममा
‘विवादित’ महाराज बिजय भण्डारीले भड्काउ अभिव्यक्ति दिएका हुन् ।
मानव सेवा फाउण्डेसनले आयोजन
गरेको कोटीहो साउन १ गते सुरु भएर साउन ३२ समापन भएको हो । महाराज भनिने विजय
भण्डारी उर्फ श्री विजय कृष्णमुर्ती महाराज आयोजक संस्थाका संस्थापक हुन ।
शुक्रबार मध्यरात सोधपुछका लागि पुगेका सादा पोशाकका प्रहरी र आयोजक पक्षबीच झडप
हुँदा तनाव उत्पन्न् भएको थियो ।
भण्डारी धार्मिक कार्यक्रमको नाममा
ठगी गरेको अभियोगमा विभिन्न अदालतको आदेशमा कैद सजाय समेत भोगेका छन् ।
कोटिहोम विवादित भएको खबर सार्वजनिक
भएपछि सोधपुछका लागि प्रहरी पुगेको थियो तर प्रहरीमाथि आयोजक विजय भण्डारीका
समर्थकले आक्रमण सुरु गरेपछि पशुपति क्षेत्रमा तनाव भएको थियो ।
प्रहरीले सोधपुछ गरे लगत्तै विजय
भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्
। उनी निकै उत्तेजित रुपमा प्रस्तुत हुँदै समर्थकलाई उकासेका थिए ।
उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना
पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको दाबी गरेका छन् । भण्डारीले आफ्ना
समर्थकहरूलाई आन्दोलनमा उत्रन आह्वान गर्दै भड्काउपूर्ण अभिव्यक्ति पनि दिएका छन्
। उनले पशुपति मन्दिर अब रणभूमि हुने र देशको अवस्था बङ्गलादेशजस्तो बनाइदिने
चेतावनी दिए । उनले भने, ‘बङ्गलादेशभन्दा बेहाल बनाउँछौँ ।’
झडपका क्रममा संलग्न दुई व्यक्तिलाई
गौशाला प्रहरीले नियन्त्रणमा लिएको छ । आयोजक पक्षले प्रहरीलाई तथानाम गालीगलौज
गदै नाराबाजी पनि गरेका थिए । उनीहरूले प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध नाराबाजी पनि गरेका थिए ।
त्यसक्रममा प्रहरीले पनि सामान्य बल
प्रयोग गर्दा केही घाइते भएका छन् ।