काठमाडौ , जेठ ८
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सहायक निरीक्षकद्वयको पदोन्नति भएको छ । दुवै प्रहरी सङ्गठनका प्रमुखले उनीहरूलाई नायब निरीक्षकमा पदोन्नति गरेका हुन् ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई र सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालको बढुवा गरिएको जानकारी दिनुभयो ।
८ जेठ २०८२, बिहिबार ०२:४५ मा प्रकाशित