काठमाडौ ,जेठ ९
रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्बोच्च अदालतले सदर गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन गरेको आदेश नै सदर गरेको हो।
'यसअघि भएको आदेशलाई यथावत छाड्ने, परिवर्तन गर्न नपर्ने आदेश भएको छ,' सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिनुभयो ।
९ जेठ २०८२, शुक्रबार १०:२१ मा प्रकाशित