रवि लामिछानेको निवेदनमा आज न्यायाधीश सागर विष्टको इजलासमा पेसी

Jhalkonepal

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेको निवेदनमा आज सर्वोच्च अदालतका न्यायाधीश सागर विष्टको इजलासमा पेसी तोकिएको छ।

उनको नागरिकता सम्बन्धी मुद्दासम्बन्धी निवेदनमा आज सुनुवाइ हुने कार्यतालिका सर्वोच्च अदालतले सार्वजनिक गरेको हो। लामिछानेले अदालतमा आफूविरुद्ध दायर भएको मुद्दा खारेज गरियोस् भनी निवेदन दिएका छन्।

यसअघि यो मुद्दामा विभिन्न इजलासमा सुनुवाइ स्थगित हुँदै आएको थियो। आजको पेसीमा दुवै पक्षका कानून व्यवसायीहरूले बहस गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया