नेपाली सेनाको हेलिकप्टर चढेर प्रधानमन्त्री प्रचण्ड पुर्वाञ्चल विश्वविद्यालयको कार्यक्रममा जाने

Jhalkonepal

काठमाण्डौं, बैशाख १३

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बैशाख १४ गते पुर्वाञ्चल विश्वविद्यालयको दिक्षान्त समारोहमा भाग लिन मोरंग आउदै हुनुहुन्छ । पुर्वाञ्चल विश्वविद्यालयको कार्यालय रहेको गोठगाँउ, मोरंगमा हुने दिक्षान्त समारोहमा प्रधानमन्त्रीले अध्यक्षता गर्ने कार्यक्रम रहेको छ । 

प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा प्रवन्ध मिलाउन गृहमन्त्रालयले सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ । गृह मन्त्रालयका शाखा अधिकृत दिपेश विडारीको हस्ताक्षर भएको पत्रमा प्रधानमन्त्रीको यात्रा अवधी भर सुरक्षा प्रवन्ध मिलाउन निर्देशन दिइएको छ । सो पत्र अनुसार प्रधानमन्त्री नेपाली सेनाको हेलिकप्टर मार्फत विहान १० बजे काठमाण्डौंबाट मोरंग पुग्ने छन । विहान ११ बजे देखि तय गरिएको दिक्षान्त समारोहमा भाग लिएर दिउसो ३ बजे प्रधानमन्त्री हेलिप्टरबाटै काठमाण्डौं फर्किने कार्यक्रम तय गरिएको छ ।

गृह मन्त्रालयको पत्र 


प्रतिक्रिया