काठमाडाैं , माघ २८
गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभा बैठकमा तीन वटा विधेयक पेस गर्नुभएकाे छ । गृहमन्त्री लेखकले 'नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१', 'नेपाल प्रहरी विधेयक, २०८१' र 'सशस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१' बैठकमा पेस गर्गनुभएकाे हाे ।
नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी 'नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१' संसदमा पेस भएको छ।
यस्तै 'नेपाल प्रहरी विधेयक, २०८१' ले प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ।
२७ माघ २०८१, सोमबार १०:५५ मा प्रकाशित