काठमाण्डौं, बैशाख १३
नेपाली क्रिकेटमा नयाँ ऊर्जा भर्ने अपेक्षा गरिएको अनुभवी अस्ट्रेलियन प्रशिक्षक स्टुअर्ट ल शनिबारदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेका छन् । संघर्षरत नेपाली क्रिकेट टोलीलाई नयाँ दिशा दिन स्टुअर्ट लले दुई वर्षका लागि मुख्य प्रशिक्षकको कमान सम्हालेका हुन् ।
शुक्रबार राति नेपाल ओर्लिएका ल शनिबार बिहानै आयोजित अन्तरक्रियामा सहभागी भए । प्रारम्भिक सार्वजनिक उपस्थिति नै उत्साहपूर्ण रहँदा उनले नेपाली क्रिकेटको सम्भावना र चुनौतीलाई खुलेर स्वीकारे । ूनेपालमा अपार प्रतिभा छ, म विकासशील टिमसँग काम गर्न रुचाउने भएकाले नेपाल रोजेको हुँ, लले भने ।
उनी भन्छन्, ूयो सजिलो काम छैन, तर म हार्न जान्दिनँ । हाम्रो मुख्य लक्ष्य नेपाललाई फेरि विश्वकपमा पुर्याउनु हो ।ू उनले नेपाली टोलीको युवा ऊर्जाबाट प्रभावित भएको र समर्थकहरूको क्रिकेटप्रतिको उत्साहले आफूलाई थप प्रेरित बनाएको बताए ।
लकै उपस्थितिमा आजदेखि काठमाडौंमा नेपाली पुरुष टोलीको कोर क्याम्प सुरु भएको छ । यही क्याम्पबाट आईसीसी टी–२० विश्वकप छनोट र विश्वकप लिग २ का लागि अन्तिम टोली तयार गरिनेछ । प्रशिक्षक लका अनुसार क्याम्पले खेलाडीहरूको क्षमताको गहिरो मूल्यांकनमा सहयोग पुर्याउनेछ ।