एनआरएनए अमेरिका टेक्सस च्याप्टरको महिला उपाध्यक्षमा दीपा ऐर निर्विरोध निर्वाचित

Jhalkonepal

ललितपुर- गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाको आगामी अगस्ट १७ र १८ मा हुने निर्वाचन अन्तर्गत टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा दीपा बोहरा ऐर निर्विरोध निर्वाचित भएकी छन्।

निर्विरोध निर्वाचित भएपछि बोहराले सबैप्रति आभार व्यक्त गर्दै यो पद आफ्नो लागि ठूलो सम्मान र जिम्मेवारी भएको बताइन्।

उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै भनिन्, 'नेपालमा रहँदा लामो समय राजनीतिक तथा सामाजिक सेवामा सक्रिय रही आएको छु। अमेरिका आएपछि विगत ३ वर्षदेखि विभिन्न संस्थाहरूमा आबद्ध भएर प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सामाजिक सेवामा संलग्न छु। अहिले टेक्सस च्याप्टरको महिला उपाध्यक्ष पदमा निर्विरोध चयन हुनु मेरो लागि अझ बढी जिम्मेवारी र प्रेरणाको विषय बनेको छ।'

उनले आगामी दिनहरूमा सामाजिक सेवामा झन् जिम्मेवार, प्रतिबद्ध र सक्रिय भएर लाग्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।

प्रतिक्रिया