काठमाण्डौं, चैत्र ४
नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरको कार्यकाल सकिएको छ।
आज मध्यरातिदेखि उनी ३० वर्षे कार्यकाल सकेर अवकाशमा जान लागेका हुन्। दुई वर्षे कार्यकाल सकेर उनी अवकाशमा जाने भएका हुन्। उनी २०५१ चैत ५ गतेदेखि प्रहरी सेवामा प्रवेश गरेका थिए।
आइजिपी कुँवर पनि आफ्नो कार्यकालमा विवादमा तानिएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान नगरी अभियुक्तलाई छाडेको आरोप उनीमाथि लागेको थियो।
उनकै ब्याचमेटहरू एआइजी टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई पनि अवकाशमा जानेछन्।
यस्तै एकैपटक आइजिपीसहित ६ जनाले अवकाश पाएसँगै अब प्रहरी प्रमुखको को बन्छन् भन्नेबारे चर्चा चलेको छ।
अहिले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) प्रमुख दीपक थापा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख सुदीप गिरी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख टेक तामाङ प्रतिस्पर्धामा छन्।