आज सुन-चाँदीको मूल्य बढ्यो

Jhalkonepal

काठमाडौ ,असार १७

 आज सुन-चाँदीको मूल्य बढेको छ।

सोमबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया