कक्षा १२ को परीक्षाबारे निर्णय लिन राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै

Jhalkonepal

काठमाडौं,वैशाख ९

कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज (मङ्गलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।

विगत २० दिन देखि शिक्षकहरू काठमाण्डौ केन्द्रित सडक आन्दोलनमा भएका कारण परीक्षा गर्ने विषय कठिन हुँदै गएको छ । एन जारी नभए सम्म सबै शैक्षिक गतिविधिमा सहभागी नहुने बताउँदै आएको शिक्षकहरु गत चैत २० गते देखि काठमाण्डौ केन्द्रित आन्दोलनमा छन् । 

प्रतिक्रिया