बहिस्कारकाबीच विनियोजन शीर्षकमाथिको समूहगत छलफल शुरु

Jhalkonepal

काठमाडौ ,असार ७

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिस्कारकाबीच प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १० मन्त्रालयको विनियोजन शीर्षकमाथिको समूहगत छलफल शुरु भएको छ ।

सभाको आजको बैठक प्रारम्भ हुने बित्तिकै प्रतिपक्षी दलहरु रास्वपा र राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । सभामुख देवराज घिमिरेले बोल्नका लागि समय दिएपछि रास्वपा सांसद सुमना श्रेष्ठले ‘भिजिट भिसा’ प्रकरणको निष्पक्ष छानबिन नभएसम्म आफूहरुको विरोध जारी रहने बताउनुभयो ।

यस्तै राप्रपा सांसद रोशन कार्कीले भिजिट भिसामा ठगिएका नेपाली नागरिकको आवाज उठाउँदा सरकारले नसुनेको भनी सहमति जनाउनभुयो । सभामुख घिमिरेले आसनग्रहणका लागि पटक–पटक आग्रह गर्दा पनि प्रतिपक्षी दलहरुको विरोध कायम रहेपछि बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको छ । सदन कार्यसूचीमा प्रवेश गरेपछि राप्रपा सांसदहरुले बैठक बहिस्कार गरेर बाहिरिएका छन् ।

प्रतिक्रिया