बालविकास अक्षर भन्दा जीवन सिक्ने अभ्यास हो : एलिना गुरुङ्ग

Jhalkonepal


एलिना गुरुङ्ग

नेपालमा प्रारम्भिक बालविकासलाई Early Childhood development धेरै अभिभावकले केवल शिक्षाको रुपमा मात्र बुझ्नु भएको छ । एउटा २ देखि ३ वषको बच्चा विद्यालय गएपछि क, ख, ग र A,B,C एक हप्तामा नै मौखिक भन्न र कापीमा लेख्न जान्न पर्यो भन्ने अझै पनि धेरै अभिभावकहरूको माग रहेको विद्यालय र शिक्षकहरूका भनाई छ । सो कारणले पनि नेपालको शिक्षण सिकाइ विकास नभएको हो कि जस्तो लाग्छ ।

बालविकास भनेको शैक्षिक गतिविधिमा मात्र सीमित हुदैँन भन्ने कुरा अभिभावक, शिक्षक शिक्षिका साथै विद्यालय प्रशासनले पनि बुझ्न जरुरी छ । बालविकासमा शारीरिक, संज्ञानात्मक, सामाजिक भावनात्मक र भाषिक सबै पक्षको समग्र विकासलाई समेट्छ । जसलाई हामी अङ्ग्रेजीमा Holistic Development भन्ने गर्छौ । विद्यालयमा यो शब्द धेरै नै Common छ । सो अनुसारको वातावरण, शिक्षा र सिकाइ पूण होस या नहोस् शब्द सबैले सजिलै प्रयोग गर्नु भएको सुनिन्छ ।

यहाँ बालविकास र बालशिक्षा विचको मुख्य अन्तर र प्रारम्भिक बालविकासको महत्व बारे चर्चा गर्दैछु ।

जन्मदेखि करिब आठ वर्ष सम्मका बालबालिकाहरूको शरीरका, मस्तिष्क, व्यवहार, भाषा, भावना, सामाजिक साथै सीपहरूको समग्र वृद्धिलाई बालविकास भनिन्छ । यो समयमा बालबालिकाहरूले हरेक कुराहरू छिटो सिक्छन् , आफ्नो वरपरको वातावरणलाई बुझ्ने र  Explore गर्ने गर्छन, भने विभिन्न जीवन उपयोगी सीपहरू पनि विकास गर्छन् । यो अवस्थामा हामीले हाम्रो बालबालिकाहरूलाई सुरक्षित, माया, सकृय र संवेदनशील वातावरण दिनु अत्ति आवश्यक छ।

बालशिक्षा के हो ?

बालशिक्षा भनेको बालबालिकालाई विद्यालयमा दिइने पूर्वतयारी शिक्षण प्रकृया हो । यसलाई औपचारिक वा अनौपचारिक शिक्षा पनि भनिन्छ । यसमा सरल अक्षर, अंक, रङ, आकार साथै सामाजिक र भावनात्मक सीपहरू जस्तै मिलेर खेल्ने, आफ्नो पालो कुर्ने, ध्यान दिएर सुन्ने, आफ्नो भावनालाई सही ढङ्गले व्यक्त गर्ने जस्ता व्यवहार र पढाई लेखाइ सिक्छन् । यो शिक्षाको मुख्य प्रकृया खेल आधारित शिक्षण अर्थात Play Based Method  हो । गीत, कथा, नाँच अभिनय, चित्रकला, खेल आदिको प्रयोग गरी शिक्षा प्रदान गरिन्छ ।

अभिभावकले बोल्ने, सबै भन्दा तितो वाक्य हामीले Fees  पढाउनलाई तिरेको खेलाउन होइन मेरो बच्चाले त सधै खेल्यो मात्र भन्नुहुन्छ । विद्यालयमा पढाई हुदैन यस्तै प्रश्न गर्नुहुने सम्पूर्ण अभिभावकले बुझ्नै पने कुरा खेल केवल रमाईलोको लागि होइन । यो बालबालिकाको सिकाईको सबेभन्दा राम्रो र उत्कृष्ट माध्यम हो । हामीले पनि जानेको सिकेको सबै सिप विद्यालयको वरदान होइन । सम्झनुस त सानोमा रुमाल लुकाई खेल्दा साथिले भेट्नु होला कि भनेर आत्तिदै दौडिएको, खुट्टाले उफारी उफारी १,२,३ गर्दै चुंगी र डोरी खेलेको, घरमा दाजुभाई वा दिदीबहिनीसँग लुकामारी खेलेको बेहुला बेहुली बाबा आमा बन्दै भागाकुडी खेलेको सोहि बेलामा हामीले विभिन्न भाषागत, भावनात्मक साथै सामाजिक सिपहरू सिकेका थियौँ । हामीले पुस्तकमा पढेको वा सही तरिकाले भन्नुपर्दा हामीलाई रटाइएको किताबी ज्ञान भन्दा हामीले खेल्दा सिकेको सीपहरू हामीलाई अहिेल जीवन उपयोगी भएको छ । तसर्थ शिक्षा भनेको विकासको एउटा पाटो मात्र हो ।

बालविकासलाइ किन प्राथमिकता दिनु पर्छ ?

प्रारम्भिक विकासमा बालबालिकाको शरिर मात्र होइन मस्तिषक पनि विकास भइरहेको हुन्छ । जन्मदेखि पाँच बर्षभित्र एउटा बालकको मस्तिषक झण्डै ९० प्रतिसत विकास भइसकेको हुन्छ । यो समयलाई हामी Window of opportunity पनि भन्छौ । यो समयमा बालबालिकाहरूले जे सिक्नु हुने भाषा, सम्बन्ध, सिप, सोच्ने तरिका तिनको असर जीवनभर रहन्छ । त्यसैले यो अवस्थामा बालबालिकालाई सकारात्मक सिकाइ र अनुभव दिन अत्यन्तै महत्वपूर्ण छ ।

यो चरणमा बालबालिकाहरू आफ्ना भावना र विचारहरू प्रस्तुत गर्न सिकिरहेका हुन्छन् । नयाँ नयाँ भाषा सिक्ने र बोल्ने परिवारका सदस्यहरू भन्दा बाहिर सम्बन्ध बनाउने, सामान्य भावना प्रस्तुत गर्ने र सामाजिक व्यवहार प्रक्रियाहरू सिक्ने प्रयास गरिरहेका हुन्छन् । यदि यो समयमा यिनलाई प्रयाप्त स्नेह, ध्यान र अन्तरक्रिया गर्ने अवसर दियौँ भने, अभिव्यक्तिका क्षमताहरू वृद्धि हुने, सामाजिक सम्बन्ध कायम गने साथै आत्मविश्वास बढाउन मद्धत पुग्नेछ ।

प्रारम्भिक बालविकास सीप निर्माणको आधार पनि हो । यही समयमा बालबालिकाहरू जीवनका आधारभूत सीपहरू जस्तै सोच्ने तरिका, समस्या समाधान गर्ने क्षमता, आफ्ना जिज्ञासा राख्ने बानी र आत्म अनुशासन विकास गर्छ । यी सीपहरू विद्यालयको कक्षाकोठामा मात्र होइन, भविष्यमा जीवनमा जिम्मेवार र सक्षम नागरिक बन्न पनि धेरै जरुरी हुन्छ । बच्चाले जब सुरक्षित अनुभव गर्छ । माया सम्मान र सुन्न वातावरण प्राप्त गर्छ । भविष्यमा सृजनात्मक सोच, आत्म विश्वास र नेतृत्व क्षमता विकास गर्न मद्दत गर्छ ।

शिक्षक र अभिभावकले सो कुराहरूमा ध्यान र बल लगाउने हो भने एउटा बालकलाई पूर्णरुपले विकास हुनबाट कुनै पनि कुराले रोक्ने छैन । सामान्य विकासका क्रियाकलापहरू घरभित्रै पनि सहजै अभ्यास गराउन सकिन्छ । सही आइडिया र सही तरिकाले प्रारम्भिक बिका घरबाटै पनि शुरु गर्न सकिन्छ । पुर्ण विकासको लागि बालकलाई समग्र रुपमा बुझ्न सुन्न माया गर्न र सुरक्षित वातावरणमा हुर्काउन आवश्यक हुन्छ ।

निष्कर्श

नेपालमा प्रारम्भिक बालबालिका प्रति धेरैको ध्यान केन्द्रित भइरहेको छ ।  काठमाण्डौ विश्वविद्यालय ECEC , Kalpavriksha Education Foundation इत्यादी धेरै संस्थाहरूले बर्षौँ देखि सो शिर्षकमा शिक्षा साथै तालिमहरू प्रदान गर्दै आउनु भएको छ । बालशिक्षा आवश्यक छ  १०० प्रतिसत तर त्यो बालबालिकासको एउटा अंश मात्र हो । यो कुरा अभिभावक, शिक्षक र विद्यालय प्रशासनहरूले बुझेर बालमैत्री वातावरण सिर्जना गर्नुपर्छ । बच्चालाई केवल पढाउने होइन । उनीहरूको भावनालाई बुझ्ने, महसुस गर्ने र जीवनका सीपहरू सिकाउने कुरामा केन्द्रित हुनुपर्छ ।

सिपलाई लिंगको आधारमा काम विभाजन नगरी मानवको कर्तव्य र जिम्मेवारी सोची सिकाउन आवश्यक छ । एक मानवले समाज, परिवार, प्रकृति र राष्ट्रप्रति निर्वाह गर्नुपर्ने नैतिक दायित्वहरू के के हुन त्यसको सिकाइ र शिक्षा नै बालविकासको पूर्वतयारी हुन ।

प्रतिक्रिया