काठमाडौं , असार २३
संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिको घोषणा आज हुने भएको छ ।
सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको आजको बैठकमा छानबिन समिति गठन भएकोबारे औपचारिक जानकारी गराउने छन् ।
२१ असारमा सभामुख घिमिरेले विभिन्न दलका नेताहरुसँग छलफल गरी विशेष समिति गठन हुने जानकारी गराएका थिए । सो छलफलपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सात सदस्यीय समिति गठन भएको जानकारी गराएका थिए ।
२२ असार २०८२, सोमबार १२:१८ मा प्रकाशित