निरन्तरकाे बर्षाले बिहानदेखि हवाई उडान प्रभावित

Jhalkonepal

काठमाण्डौ, साउन २२

निरन्तर पानी परेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानदेखि हवाई उडान प्रभावित भएको छ । ठूलो वर्षाले भिजिविलिटी कम हुँदा उडान तथा अवतरणमा समस्या भएको विमानस्थलले जनाएको छ । खराब मौसमकै कारण केही विमान अवतरण गर्न नसकेर आकाशमै होल्ड भएका छन् भने केहीलाई डाइभर्ट गरिएको छ ।

विमानस्थलबाट बिहानै उड्नु पर्ने विमान पनि उड्न सकेका छैनन् । खराब मौसमका कारण यसअघि बिहान स्तानबुलबाट काठमाण्डौ आएको तुर्किस्तान एयर उतै डाइभर्ट गरिएको छ भने फ्लाइ दुबई र ड्यूक एयर अवतरण गर्न नसकेर आकाशमै केहीबेर होल्ड भएका थिए ।

प्रतिक्रिया