काठमाण्डाै, असार २६
नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन 'ह्विप' जारी गरेको छ ।
सिंहदरबारमा
बसेको माओवादी संसदीय दलको बैठकले विश्वासको मत दिन 'ह्विप' जारी गर्ने निर्णय
गरेको हो ।
नेकपा एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री
प्रचण्डले पर्सि शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ ।
प्रतिनिधि सभाबाट विश्वासको मत पाउन नसकेमा प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त
हुनुहुने छ । त्यसपछि नेपाली कांग्रेस र एमालेले नयाँ सरकार गठन गर्ने सहमति गरेका
छन् । पहिले एमाले अध्यक्ष केपी शर्मा ओली र त्यसपछि कांग्रेस सभापति देउवाले
सरकारको नेतृत्व गर्ने दुई दलबीच सहमती भएको छ ।
२६ असार २०८१, बुधबार ०६:३२ मा प्रकाशित