काठमाडौं, फागुन १४
राजधानी बैंककको पूर्वमा रहेको प्राचिन बुरी प्रान्तमा स्थानीय
सरकारी अधिकारीहरूलाई लिएर फिल्ड ट्रिपमा गएका तीनवटा डबल डेकर बसमध्ये एउटा बस दुर्घटना भएको थियो ।
'दुर्घटनामा
१७ जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एक जनाको अस्पतालमा उपचारका क्रममा
मृत्यु भएको थियो,'
प्रहरी
लेफ्टिनेन्ट कर्णेल सिवापास फुरीप्चाइबुन्चुले बताए । उनले भने, 'हामीले चालकलाई सोधपुछ गर्दा बसको ‘ब्रेक फेल’ भएका कारण सडकबाट भीर हुँदै
निकै तल खसेको उनले बताएका छन्। थप अनुसन्धान भइरहेको छ ।'
बस दुर्घटना हुँदा बसमा ४९ जना सवार रहेको र घाइतेहरुलाई उपचारका लागि दुई वटा
अस्पतालमा लगिएको छ ।
१३ फाल्गुण २०८१, बुधबार ०१:३२ मा प्रकाशित