इटहरी उपमहानगरपालिकाले सुरु गर्याे विद्युतीय नगर बस

Jhalkonepal

इटहरी, असोज २

इटहरी उपमहानगरपालिकाले सर्वसाधारण नागरिकलाई आजदेखि ४ वटा विद्युतीय नगर बस सुरु गरेको छ । सुरुवाती चरण भन्दै आज र भोलि निःशुल्क बस सञ्चालन गरिएको हो । 

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण  पौडेलले आज नगर बसमा चढेर विभिन्न वडाहरूको अवलोकन गरे । पत्रकार सम्मेलन गर्दै  नगर बस सञ्चालनमा आउने जानकारी दिए। विद्युतीय बस सेवा वातावरणमैत्री, सुरक्षित, भरपर्दो, र उपभोक्तामुखी हुने भन्दै सर्वसाधारण उत्साहित भएको बताए ।

ग्रामीण भेगमा बस्ने जनतालाई सहरसँग जोड्ने उद्देश्यले बस सञ्चालनमा ल्याएको बताए । तिस वर्ष देखिको इटहरीको सपना आफूले पुरा गरेको मेयर पौडेलको भनाई थियो । नगर बसलाई ठाउँ ठाउँमा सर्वसाधरणहरुले फुल माला लिएर स्वागत गरेका थिए। 

प्रतिक्रिया