जेनजी आन्दोलनपछिको क्षति: बीमा कम्पनीहरूमा २० अर्बभन्दा बढीको दाबी

Jhalkonepal

काठमाडौं- जेनजी आन्दोलनमा भएको तोडफोड तथा आगजनीबाट भएको क्षतिका लागि २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

नेपाल बीमा प्राधिकरणले जारी गरेको तथ्यांक अनुसार भदौ ३१ गतेसम्म १८ वटा बीमा कम्पनीमा १ हजार ९८४ वटा बीमा दाबी परेको हो ।

सबैभन्दा बढी बीमा दाबी शिखर इन्स्योरेन्स कम्पनीमा परेको छ । ३६६ वटा बीमा दाबी परेको उक्त कम्पनीमा २ अर्ब ३९ करोड ४ लाख ७७ हजार ७६४ रुपैयाँ बराबरको दाबी परेको उल्लेख छ ।

प्रतिक्रिया