संवैधानिक परिषद्को बैठक आइतबार बस्ने

Jhalkonepal


काठमाडाैं, चैत १५

संवैधानिक परिषद्को बैठक आइतबार बिहान बोलाइएकाे छ । बैठक १८ गतेका लागि बाेलाइएकाे छ । प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले आइतबार बिहान बस्ने गरी  बैठक बोलाउनुभएकाे हाे  ।  यसअघि चैत १२ गतेका लागि तय भएको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

बैठकमा  संवैधानिक निकायहरूमा रिक्त रहेका स्थानमा नियुक्तिलगायत विषयमा बैठकमा छलफल गर्ने एजेन्डा छ। 

यसैबीच प्रधानमन्त्री दाहालले बिहान बालुवाटारमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिच  भेटवार्ता भएकाे  छ ।


प्रतिक्रिया