पाकिस्तानमा भारतको आक्रमणलाई इजरायलको समर्थन

Jhalkonepal

एजेन्सी । भारतमा इजरायलका राजदूत रूभेन अज़ारले भारतीय सेनाको ‘अपरेशन सिन्दूर’ बारे प्रतिक्रिया दिएका छन्।

इजरायली राजदूतले एक्समा , “इजरायल भारतको आत्मरक्षाको अधिकारको समर्थन गर्दछ। आतङ्ककारीहरूले बुझ्नुपर्छ कि निर्दोष नागरिकहरू विरुद्ध गरेका तिनीहरूको घृणित अपराधबाट बच्न अब उनीहरूका लागि कतै लुक्ने ठाउँ बाँकी छैन।”लेखेका छन्।

भारतीय रक्षा मन्त्रालयले भन्यो, “पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको जम्मु–कश्मीरमा रहेका नौ आतङ्ककारी पूर्वाधारहरूमा लक्षित हमला गरिएको छ।”

भारतले ती आक्रमणहरूलाई ‘अपरेशन सिन्दूर’ नाम दिएको छ।

प्रतिक्रिया