पुर्बी नेपालमा भुकम्पको धक्का महसुस

Jhalkonepal

इटहरी, साउन २५

पुर्बी नेपालमा भुकम्पको धक्का महसुस गरिएको छ ।

शुक्रबार बिहान सिक्किमको सोरेङआसपास केन्द्रबिन्दु बनाएर ४.४ रेक्टर स्केलको भूकम्प गएको भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ 

बिहान स्थानीय समयअनुसार ६ बजेर ५७ मिनेट जाँदा गएको भूकम्पको उद्‍गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको केन्द्रले जनाएको छ 

भूकम्पको धक्का सिक्किम, दार्जीलिङसहित पश्चिम बंगालका केही जिल्लामा समेत महसुस भएको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् 

त्यस्तै नेपालको पूर्वी भेगमा समेत भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएका छन् 

 

प्रतिक्रिया