काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भुपदेव साह नियुक्त भएका छन्।
सोमबार वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले साहलाई महामन्त्री पदमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैठकले सचिवालय सदस्यका लागि पार्टी सभापति रवि लमिछानेद्वारा प्रस्तावित दुई नयाँ नामलाई समेत अनुमोदन गरेको छ।
सभापति लमिछानेले सचिवालय सदस्यका लागि सागर ढकाल र सरिता श्री ज्ञवालीको नाम प्रस्ताव गरेका थिए। जसलाई केन्द्रीय समितिले सर्वसम्मतिले स्वीकृत गरेको छ।
६ बैशाख २०८३, सोमबार ०६:०५ मा प्रकाशित