काठमाण्डाै,
भदाै ३१
सहकारी
छानबिनका लागि गठित संसदीय विशेष समितिले आफ्नो प्रतिवेदनलाई अन्तिमरूप दिएर
सोमबार संसदमा पेश गरेको छ।
समितिका
सभापति सूर्य थापाले प्रतिनिधि सभाको बैठकमा प्रतिवेदन पेस गर्दै सहकारी
ठगीसम्बन्धी मुद्दामा विभिन्न तथ्यहरूको आधारमा सत्य खोज्ने प्रयास गरिएको जानकारी
दिए।
संसदीय विशेष
समिति १५ जेठमा गठन भएको थियो भने पहिलो बैठक २२ जेठमा बसेको थियो। तीन महिना समय
पाएको समितिले थप १५ दिनको म्याद प्राप्त गरेर सहकारी ठगीका मुद्दामा गहन अध्ययन
तथा विभिन्न व्यक्तिहरूसँग सोधपुछ गरी प्रतिवेदन तयार पारेको हो।
समितिले
सहकारी बचत अपचलनमा संलग्न रहेका ४७ सहकारी संचालक र गोर्खा मिडिया प्रालिका ३ जना
कर्मचारीसहित ५५ जनासँग सोधपुछ गरेको छ। प्रतिवेदनमा सबै निर्णय सर्वसम्मत भएका
छन्।
सभापति
थापाले तथ्यको माध्यमबाट सत्य खोज्ने पर्यत्न गरिएको बताए। समितिले ६६ वटा बैठक
गरेको पनि उनले सुनाए।
समितिले जीबी
राई समूहद्वारा सञ्चालित सहकारीमार्फत गोर्खा मिडिया प्रालिमा ६७ करोड रुपैयाँको
रकम गएको निष्कर्ष निकालेको छ।