वुमन्स टी२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालको शानदार जित

Jhalkonepal

 काठमाडौं , भदौ १५ 

आइसीसी वुमन्स टी२० विश्वकप एसिया क्षेत्र छनोटको आफ्नो दोश्रो खेलमा नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।

मलेसियामा बहराइनबाट पाएको ३२ रनको सामान्य विजयी लक्ष्य नेपालले २.५ ओभरमा बिना क्षति भेट्टाएको हो । नेपाललाई जिताउन कविता कुँवरले नट आउट १७ रन बनाइन् ।

बहराइनसँगको खेलमा ४ ओभरमा मात्र ३ रन दिँदै ५ विकेट हात पारेपछि बहराइन १५.४ ओभरमा ३१ रनमा अल आउट भएको थियो । महिला क्रिकेटको इतिहासमा नेपालले हात पारेको यो दोस्रो फराकिलो जित हो। यस अघि २०१९ मा दक्षिण एसियाली खेलकुदमा नेपालले माल्दिभ्सलाई पोखरा क्रिकेट मैदानमा १६ रनमा अलआउट पारेको थियो । 

प्रतिक्रिया