काठमाडाैं , असाेज १७
नेपाली बजारमा आज पनि सुन–चाँदीको मूल्य बढेको छ।
बुधबार प्रतितोला आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो।
१६ असोज २०८१, बिहिबार १२:२१ मा प्रकाशित