काठमाण्डाैं , जेठ १३
प्रतिनिधि सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले त्यसलाई निर्णयार्थ पेश गरेका थिए ।
सभामुख घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
प्रतिनिधि सभाको बैठक कांग्रेसले वेल घेराउ र नाराबाजी गरिरहेको थियो । त्यस क्रममै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छलफलका लागि टेलब गरेका थिए ।
नाराबाजीकै बीच नीति तथा कार्यक्रममाथि छलफल र पारित भएको हो ।
१२ जेठ २०८१, आईतबार ०१:५६ मा प्रकाशित