काठमाडाैं,जेठ १२
हिरासतमा राखिएका कान्तिपुरका प्रकाशक कैलाश सिरोहिया उच्च रक्तचाप र मुटुको चालमा गडबडी आएपछि अस्पताल भर्ना भएका छन् ।चार दिनदेखि प्रहरी हिरासतमा रहेका सिरोहियाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि हिजाे साँझ जनकपुरस्थित प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । पहिलेदेखि नै डायबेटिज, उच्च रक्तचाप लगायतका समस्या भोगिरहेका सिरोहियालाई टाउको दुख्ने, रिंगटा लाग्ने, छाती दुख्ने जस्ता समस्या आएपछि प्रशासनले प्रादेशिक अस्पतालमा भर्ना गरेको थियो । त्यहाँ उपचारका लागि आवश्यक सुविधाहरू नभएका कारण नजिकै रहेको काब्या अस्पताल लगिएको हो। त्यहाँ उपचार जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
११ जेठ २०८१, शनिवार ०९:०३ मा प्रकाशित