आज देशभर सहिद दिवस मनाइँदै

Jhalkonepal

काठमाडौं , माघ १६

 देश जनताको हित अधिकारका लागि जीवन त्याग गरेका सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदै छ। सरकारले विगतमा जस्तो सार्वजनिक विदा भने दिएको छैन, तर देशभरि राष्ट्रिय पर्वकारुपमा मनाउने निर्णय गरेको इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्र स्वतन्त्रतासहित जनताका पक्षमा भएका आन्दोलनमा मृत्युवरण गरेका वीर सपुतहरूको सम्मानमा हरेक वर्ष साताव्यापी कार्यक्रम गरी शहीद दिवस मनाउने गरिएको यो वर्ष पनि शहीद दिवस मुल समारोह समितिले एक सातासम्म विभिन्न कार्यक्रम गरेको मंगलबार दिवसको दिन शहीद उद्यान लैनचौरमा प्रधानमन्त्री पुष्पकमल दाहालसहित विशिष्ट अतिथिहरूको उपस्थितिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको
दिवसका अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम हुँदैछ। प्रधानमन्त्री, मन्त्रिगण, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली मार्चपास टोलीसहितको प्रभातफेरी शहिद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम रहेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो त्यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो

प्रतिक्रिया