काठमाण्डाैं,माघ ८
राष्ट्रपतिको सपथ ग्रहण लिए
सँगै ट्रम्पले अमेरिकाको सिमानामा (दक्षिणी सीमा)मा संकटकाल लगाउने कुरा गरेका छन ।
डोनाल्ड ट्रम्पले जनवरी २० मा
क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरेका हुन् ।
ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो
परिवर्तन ल्याउने कुरा गरेका थिए । सपथपछिको ३० मिनेटको भाषणमा
डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा ट्रम्पले
अमेरिका–मेक्सिको सिमानामा (दक्षिणी सीमा)मा संकटकाल लगाउने कुरा गरेका छन ।
उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई
प्रतिबन्ध लगाएको छ । सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ ।
अमेरिका–मेक्सिको सीमानाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकी राजनीतिमा
ठूलो मुद्दा बनेको थियो । ट्रम्पले अवैध आप्रवासी र अपराधीहरू यहीँबाट
अमेरिका प्रवेश गर्ने दावी गर्दै आएका थिए । ट्रम्पले यो सिमानामा पर्खाल बनाउने
कुरा पनि गरेका छन् ।