काठमाण्डौ, साउन ८
झण्डै ५० जना सवार रुसी बिमान बेपत्ता भएको छ ।
साइबेरियामा सञ्चालन हुँदै आएको अङ्गरा एअरलाइन्सको विमान एक्कासी रडारबाट बेपत्ता भएको रुसी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । सुदूरपूर्वी रुसमा एन्टोनोभ एन–२४ विमान बेपत्ता भएको हो ।
विमान चीनसँग सीमा जोडिएको अमूर क्षेत्रको टिन्डा सहरका लागि उडेको थियो ।
सो क्षेत्रका गभर्नर भिसाली ओर्लोभले प्रारम्भीक जानकारी अनुसार विमानमा ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको जनाएका छन् । विमानमा ५ जना बालबालिका पनि रहेको जनाइएको छ । विमानको खोजीका लागि सबै शक्ति प्रयोग गरिएको अधिकारीहरुले बताएका छन् ।
८ साउन २०८२, बिहिबार ०४:४४ मा प्रकाशित