पाँचथको हेवाखोलामा जडान हुन लागेको पुल भाचियो ६ जना घाइते ३ को अवस्था गम्भीर

Jhalkonepal


काठमाडौ ,जेठ ३१

पाँचथको हेवाखोलामा जडान हुन लागेको पुल भाचिदा ६ जना घाइते भएका छ्न । मेची राजमार्गमा पर्ने फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधिन मोडुलर ब्रिज वारीपारी जोड्ने क्रममा भाँचिदा ६ जना कामदार घाइते भएका हुन । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको बताइएको छ । घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर लगिएको छ । 
शनिबार ७० मीटर लामो सिङ्गल स्पानको मोडुल ब्रिज जडान गरि वारपार गर्ने क्रममा भाँचिएको छ ।नेपालमा पहिलो पल्ट ७० मीटर लामो मोडुलर ब्रिज जडानको काम भईरहेको थियो ।

नेपालमा नयाँ भएकाले भारतीय प्राविधकको सहयोगमा जडान कार्य गरिरहेका थिए । ७० मिटर लामो पुल लाई बिचमा कुनै सर्पोट गर्ने पिल्लर बिना निर्माण भइरहेको थियो ।  बर्षाको बाढिले २०८० सालमा पक्की पुल बगाएको थियो त्यसपछि जडान भएको बेलिब्रिज पनि २०८१ असोजको बाढिले बगाएको थियो 

प्रतिक्रिया