लामिछानेको वयान सकियाे, ४ जनाको वयान बाँकी

Jhalkonepal

पोखरा , पुस १२

सहकारी संस्थाको मुद्वामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको वयान सकिएको छ। आज दोस्रो दिन लिइएसँगै रविको वयान सकिएको हो।

बिहिबार दिउँसोदेखि सुरु भएको रविको वयान शुक्रबार दिनभरै लिइएको जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले बताए। सूर्यदर्शन सहकारीको मुद्वामा तीन जना प्रतिवादीको वयान सकिएको उनको भनाइ छ।

रविलाई सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्वामा केन्द्रित रहेर जिल्ला न्यायाधिश नीतिज रार्ईको इजालसमा प्रश्न गरिएको थियो। उनले सहकारीको रकम ठगीमा गितेन्द्र राई (जीबि) जिम्मेवार रहेको र आफ्नो कसुर नरहेको इन्कारी वयान दिएका छन् ।

पूर्वगृहमन्त्री रहेका रविसँगै पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईंको वयान सकिएको हो। उनका अनुसार अब ४ जनाको वयान बाँकी छ। सूर्यदर्शन सहकारी प्रकरणमा जोडिएका नेचर हब्र्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाल, सूर्यदर्शन सहकारीका सञ्चालक कृष्णबहादुर गुरुङ, सूर्यदर्शनकी पूर्वउपाध्यक्षरहेकी एमालेकी पूर्वसांसद मिना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङको वयान बाँकी छ।

प्रतिक्रिया