काठमाण्डौं, पौष ७
यस वर्षको दोस्रो हिउँदे वर्षा नेपालको पश्चिमी भूभागमा सोमबार रातिदेखि हुने मौषम विज्ञान विभागले जनाएकोछ । यो प्रणाली मंगलबारसम्म रहने र चिसो बढाउने मौसमविदको भनाइ छ ।
सोमबार रातिदेखि हुने वर्षा पनि हल्का मात्र हुने मौषम पूर्वानुमान विज्ञ डा धर्मराज उप्रेतीले बताएका छन । डा. उप्रेतीका अनुसार आगामी पुस ८ गते राति देखि १० गते सम्म सुदुर पश्चिम , कर्णाली र लुम्बिनी प्रदेश मा हल्का वर्सा र उच्च हिमालि भेग मा हिमपात को संभावना छ भने ।
त्यस्तै पुस १२ गते साझ देखि पुस १५ गते सम्म सुदुर पश्चिम बाट सुरु भै देश भरि वर्सा र हिमपात को संभावना छ। पश्चिम नेपाल का सुदुर पश्चिम, कर्णाली, लुम्बिनी हुदै गण्डकी प्रदेश मा हल्का देखि मध्यम वर्सा को संभावना देखिन्छ भने पुर्बि भाग मा हल्का वर्षा र हिम्पात को संभावना छ।
यस वर्षको पहिलो हिउँदे वर्षा गत मंसिर २३ र २४ गते पश्चिम नेपालका भूभागमा भएको थियो