राजिनामा दिएर बाहिरिए दिर्घ सोडारी नयाँ मुख्यमन्त्रीको दावी पेस गर्न आव्हान

Jhalkonepal

धनगढी, सावन १८

विश्वासको मतप्राप्त गर्न नसक्ने आधार देखे पछि मुख्यमन्त्री दिर्घ सोडारीले राजिनामा गरे पनि नयाँ सरकार बनाउन प्रदेश प्रमुख नजिर मियाँले साउन २० गते को समय सिमा तोक्नु भएको छ  । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन २० गते बेलुकी ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका हुन्।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदका लागि दाबी पेश गर्नु,ु विज्ञप्तिमा भनिएको छ। 

आजै सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका थिए। संसदबाटै विश्वासको मत नलिइकन राजीनामाको घोषणा गरेसँगै उनले राजीनामा पत्र प्रदेश प्रमुख नजिर मियाँलाई बुझाएका थिए।

केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए। एमालेले सर्मथन फिर्ता लिएको शुक्रबार ३० पूरा भएको छ। बुधबार पत्र पठाएर शुक्रबार चार बजेका लागि बैठक आह्वान गरेका थिए।

यद्यपि बैठकमा विश्वासको मत नलिइकन उनले राजीनामा घोषणा गरेका थिए।

प्रतिक्रिया