काठमाण्डाै, भदाै १६
परिवारको सम्पर्कबाट टाढिएर बेपत्ता बनेका भोजपुरका प्रकाश मोक्तानले आइतबार घरमै नागरिकता पाएका छन्। जिल्ला प्रशासन कार्यालय भोजपुरले उनलाई घरमै गएर नागरिकता दिने प्रबन्ध मिलाएको हो। षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले उनलाई नागरिकता हस्तान्तरण गरेका थिए।
प्रकाश
सानैदेखि चुमभ्यालीमा बसेको र घर परिवारसमेत थाहा नपाएको विषय युट्युब च्यानल 'हेर्ने कथा' मार्फत बाहिर आएको थियो । प्रकाशको
घरपरिवार मात्रै नभई अहिलेसम्म नागरिकता नै नबनेको विषयमा प्रधानमन्त्री केपी
शर्मा ओलीले समेत चासो व्यक्त गर्नुभएको थियो ।
आज प्रकाश
मोक्तानलाई घरमै नागरिकता दिइएको षडानन्द नगरपालिका मेयर सुरेन्द्र उदासले जानकारी
दिनुभयो । इलाका प्रशासन कार्यालयका दिङलाका प्रमुख विनोद ज्ञवाली, नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत
मोहन चापागाईं, वडाअध्यक्ष
प्रेम दोर्जी शेर्पा लगायतले प्रकाशलाई नागरिकता प्रदान गर्नुभएको हो ।