काठमाडौं, असार १६
प्रतियोगितात्मक कार्यक्रम ‘कमेडी च्याम्पियन’ तेस्रो
संस्करणको उपाधि काठमाडौँका सुनिल खड्काले जितेका छन् ।
हिजो
भएको अन्तिम प्रतिष्पर्धामा अन्तिम तीनमा रहेका ऋषभ काफ्ले र सुयशा खनाललाई पछि पार्दै उनी ‘च्याम्पियन’ बनेका हुन् ।
विजेता घोषित भएसँगै
उनले नगद रु पच्चीस लाखसहित विभिन्न आकर्षक उपहार प्राप्त गरे । प्राप्त मतको
आधारमा सुनसरीका काफ्ले दोस्रो (फस्ट रनरअप) र नवलपरासीकी खनाल तेस्रो
(सेकेण्ड रनर अप) बने ।
प्रतियोगिताको
निर्णायकमा हास्य कलाकार सन्तोष पन्त, कलाकार मनोज गजुरेल, निर्देशक प्रदीप भट्टराई र
अभिनेत्री ऋचा शर्मा थिए ।
१६ असार २०८१, आईतबार ०७:५२ मा प्रकाशित