मौसम : सोमबार देखि नेपालमा वर्षा हुने क्रममा केही कमी आउने

Jhalkonepal

काठमाडौं, असार २४

सोमबार देखि नेपालमा वर्षा हुने क्रममा केही कमी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यद्यपी कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

मधेस प्रदेश, बागमती , लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम २० डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।

काठमाडौंमा पछिल्लो २४ घण्टामा २३ दशमलव ६ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै धनगढीमा १५० मिलिमिटर वर्षा भएको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया