एनपिएल: पोखरालाई ५ रनले हराउँदै सुदूरपश्चिम एक खेल अगावै प्लेअफमा

Jhalkonepal

काठमाडौं , मंसिर ३०

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा स्थान बनाएको छ । रोमाञ्चक खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिमले एक खेल अगावै प्लेअफमा स्थान बनाएको हो । ६ खेलबाट उसको १० अंक भएको छ । पोखरा भने ४ अंकमा सीमित रहँदै लिग चरणबाटै बाहिरिएको छ । 

सुदूरपश्चिमसँगै जनकपुर बोल्ट्स र चितवन राइनोजले प्लेअफमा स्थान बनाएका छन् । पहिलो खेलमा विराटनगर किङ्सलाई एक विकेटले पराजित गरेको काठमाडौं गुर्खाजसँग समान ८ अंक भए पनि रनरेटमा पछि पार्दै चितवनले प्लेअफमा स्थान बनाएको हो । 

प्रतिक्रिया