काठमाण्ठौ, वैशाख १८
हिमाल आरोहणका लागि चौथो शिविरसम्म बाटो खुलेको छ । पर्यटन विभागकाअनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गतेदेखि सगरमाथा आरोहण हुने विभागको अनुमान छ ।
यसअघि आधार शिविरदेखि दोस्रो शिविरसम्म आइसफल डाक्टरको टोलीले बाटो बनाईसकेको थियो । विभागका अनुसार सगरमाथा आरोहणका लागि अहिलेसम्म ३७ आरोही समूहका तीन सय ९० आरोहीले आरोहण अनुमति लिएका छन् ।
१७ बैशाख २०८१, मङ्गलबार ०९:०३ मा प्रकाशित